arrow

शक्तिशाली चक्रवातका कारण कम्तीमा दुई सय ५९ को मृत्यु

लाखौँ मानिस विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
tufan-philippines.jpg

काठमाडौँ । फिलिपिन्समा हालै आएको दुईटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय ५९ पुग्नुका साथै लाखौँ मानिस विस्थापित भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनु अघि कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको बताएको छ ।

नोभेम्बर ४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउदा २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ ।

चक्रवातका कारण अधिकाशं मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छ ।

एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दाहरूलाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुलसहित प्रमुख पूर्वाधारको विनास निम्त्याको छ ।

फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ