arrow

पाकिस्तानमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
pakistan-earthquake.jpeg
इस्लामावाद । पाकिस्तानमा बुधबार बिहानै ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । स्थानीय समय अनुसार बिहान ३ः०३ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलजिकल सर्वेले जनाएको छ । 
 
भूकम्प पाकिस्तानको पूर्वी बन्दरगाह सहर पस्नीबाट २३ किलोटिटर दक्षिण पूर्वलाई केन्द्रबिन्दु बनाउँदै गएको हो । 
 
भूकम्पको धक्का बलुचिस्तान, ग्वादर र टुर्बाटमा महसुस गरिएको पाकिस्तानी सैनिकले पुष्टि गरेको छ । 
 
भूकम्पबाट भएको क्षतिको विवरण भने अझै आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ