arrow

सरकार आत्महत्याको बाटोमा : लालबाबु पण्डित

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
Lalbabu-pandit-news.jpeg

भक्तपुर । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागि आत्महत्याको बाटोमा अग्रसर भइरहेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लवको साक्षात्कारमा पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको टिप्पणी गरेका हुन् । सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कापीरहेको बताउँदै पण्डितले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए ।

निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुने मण्डितको भनाई छ ।  सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचित्य समाप्त हुने उनले बताए । निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने बताए ।  उनले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न खुट्टा नकमाउन सरकारलाई आग्रहसमेत गरे ।

नेपालका मुख्य राजनीति शक्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै पण्डितले सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालाहित हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, भने । पण्डितले भने, ‘सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।’ संविधान कार्यान्वयन भएनन् भने देशले संवैधानिक, राजनीतिक संकटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै पण्डितले त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सत्ताधारी राजनीतिक दल नै हुने तर्क गरे । त्यो अवस्थामा ती दलहरु यही अवस्थामा रहन्छ रहँदैन त्यो फैसला जनताले गर्नेछन्, उनले भने ।

देश विभाजनको मुख्य अगुवाको घोडा बनेर कतिपय राजनीतिक पार्टी हिडिरहेका छन्, पण्डितले भने, ‘नेपाली जनतालाई विश्वास छ कि नेपाली जनताको अभिमतले नै देश टुक्राउन खोज्ने, अरुको घोडा बनेर हिड्ने अनी माकुराको जालोजस्तै विष छदै हिड्ने ती घोडाको पनि टांग अर्थात खुट्टा भाचिदिनेछन् । विषपूर्ण जालोलाई पनि च्यातीदिनेछन् र सुनौलो राजनीतिक स्थायित्वसहितको भविष्यको निर्माण गर्नेछन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ