arrow

स्ववियु चुनाव, नेबिसंघको ईतिहास र काग्रेँसको प्रतिष्ठा : अध्यक्ष महर

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
mahars.jpeg
एजेन्सी । नेपाल बिद्यार्थी संघका अध्यक्ष नैन सिंह महरले फाल्गुन १४ मा हुन गईरहेको स्वबियु चुनाव नेबिसंघको ईतिहास र  काग्रेँसको प्रतिष्ठासंग जोडीएको हुनाले सम्पूर्ण युवा बिद्यार्थीहरुलाई नेबिसंघ जिताउन लाग्न आग्रह गरेका छन् । बुधबार नेपाली काग्रेँस  केन्द्रिय समितिले पूर्व सभापति सुशिल कोईरालाको प्रथम वार्षिक पुन्य तिथीको अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
 
अध्यक्ष महरले 'यो बेला बिवाद गरेर बस्ने बेला होईन स्वबियु चुनाव जसरिनी गराएर नेबिसंघ जिताउने समय हो। स्वबियुमा हाम्रो संगठन जिते अब आउने स्थानिय चुनावमा पर्टीको बिजय सजिलै हुने अन्यथा काग्रेँस पछाडि पर्नेछ। ' उनले भने । 
 
 सुशिल कोईराला देशलाई काग्रेँसको नेत्रित्वमा नयाँ संबिधान दिएर एक सफल प्रधान मन्त्री भएको भन्दै महरले सादा जीवन र सम्मान नखोजी सरलताबाट धेरै कुरा सिक्नु पर्ने बताए । स्वबियु चुनावमा पर्टिले अलिक ध्यान दिएर सहयोग गर्न समेत उनले आग्रह गरे।
 
अध्यक्ष महरले नेपाल बिद्यार्थी संघले जिते लोकतन्त्रले जित्ने र संबिधान कार्यनयन हुने तर नेपाल बिद्यार्थी संघले हारे लोकतन्त्र अल्पमतमा पर्ने र संबिधान कार्यनयनमा समस्या आउन सक्ने बताउदै बिद्यार्थी तथा पार्टीका नेताहरु लाई बेलामा सोच्न आग्रह गरे।
 
सप्तरीमा बुहत बुक्षरोपण कार्यक्रम
 
त्यस्तै आज नेपाल बिद्यार्थी संघ सप्तरीले सुसिल कोईरालाको प्रथम स्मृती दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ केन्द्रको कार्यक्रम अन्तर्गत त्यहा बुहत बुक्षरोपण गरेको छ। सप्तरी जिल्लाकार्य समितिको आयोजनामा गरेको सो कार्यक्रममा १७०० बिभिन्न प्रजातिका रुखका बिरुवा रोपिएको थियो ।
 
यता नेपाल बिद्यार्थी संघले सुसिल कोइरालाको प्रथम स्मृती दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरे बमोजिमा नेबिसंघ काठमान्डौ जिल्ला कार्यसमितिले आज बेलुका ५ बजे शान्ति बाटिका, रत्नपार्कमा दिप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ