arrow

चुनावमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
election-commission-head-office-building-2022.jpg
तस्बिर : फाइल

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
 
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै अभियालने १८ वर्षभन्दामुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि गतिविधिमा सहभागी नगराउने भन्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
 
त्यसक्रममा प्रमुख आयुक्त भण्डारीले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिइनेतर्फ आयोगसचेत रहेको बताएको अभियानका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए । 

कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए । 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावका बेलामा विद्यालयदेखि बालबालिकाको प्रयोग अहिलेसम्म हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ