arrow

पशुपतिनाथमा आज नागमणि र मणि मुकुट देखाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
pashupati-water-droplet-82-.jpg

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्वका गरगहनाको सार्वजनिक प्रदर्शन गर्दैछ।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिँदै प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण औँसीका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायतका प्राचीन सामग्री सर्वसाधारणलाई देखाउने परम्परा रहेको बताए।

यही परम्पराअनुसार, आज (मार्गशीर्ष कृष्ण त्रयोदशी) बिहान १०:०० बजेदेखि ११:३० बजेसम्म सुरक्षा निकायको सहयोग लिएर नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायतका प्राचीन गरगहना देखाउन लागिएको छ।

त्यसैगरी, मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्सिर ४ गते बिहीबार बिहान ९:०० बजेदेखि ११:४५ बजेसम्म पनि ती प्राचीन महत्वका गरगहना प्रदर्शन गरिनेछ। कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन विगत एक वर्ष सुरक्षित रूपमा यी सामग्री राखिएको र मार्गशीर्ष कृष्ण औँसीका दिन आगामी एक वर्ष सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ