arrow

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा, आज रातभर दीप प्रज्वलन गरिँदै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
balachaturdasi.jpg

काठमाडौँ। पशुपति क्षेत्रमा यस वर्षको बाला चतुर्दशी पर्वको सम्पूर्ण तयारी सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषले दिएको जानकारीअनुसार, बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायतका सम्पूर्ण तयारीहरू पुरा भइसकेका छन्।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बालेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्पराअनुसार आज (मङ्गलबार) रातभर आफन्तजनबाट दीप प्रज्वलन गरिनेछ भने बुधबार बिहान शतबीजारोपण हुनेछ।

कोषले भक्तजनहरूलाई मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ