arrow

बाबुरामले भने–संविधान संशोधन नभइ निर्वाचन भए मुठभेड

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
baburam-makwanpur.png

हेटौंडा । नयाँ शक्ति पार्टी केन्द्रीय संयोजक बाबुराम भट्टराईले संविधान संशोधन विना निर्वाचन भए देशमा मुठभेड हुने जिकिर गरेका छन् । प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा संशोधन विना निर्वाचन भए मुठभेड हुने बताउँदै उनले यसतर्फ नलाग्न दलहरुलाई सुझाए ।

तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको उनको भनाई छ । भट्टराईले संविधान संशोधन नभई निर्वाचन असम्भव रहेकाले यसका लागि दलहरुबीच न्यूनतम सहमति आवश्यक रहेको भट्टराईले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपाति निर्वाचन प्रणालीले मात्रै राजनैतिक समस्या अन्त्य गर्ने भएकाले संशोधनका क्रममा यसलाई समेट्नुपर्ने नेता भट्टराईको भनाई छ ।

ठूला दलहरु आफ्नै नेतृत्वमा चुनाव गर्ने रणनीतिमा रहेकाले संक्रमणकाल लम्बिएको भन्दै उनले च्याँखे थाप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । स्वतन्त्र र निष्पक्ष निर्वाचनमा जोड दिंदै उनले दलहरुलाई एकअर्कामा शंका भए निर्वाचनको निष्पक्षताका लागि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ