arrow

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गुरुङ्ग सहित १५ सदस्य निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
Anup_20170208_1-11.jpeg
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को विषेश साधारणसभाले समिर गुरुङ्गको अध्यक्षतामा १५ सदस्य निर्विरोध निर्वाचित गरेको छ । बिहिबार बसेको ठमेल पर्यटन विकास परिषद्को विषेश साधारणल सभाले गुरुङ्ग सहित १५ सदस्य निर्विरोध निर्वाचित गरेको हो । 
 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा क्रमस प्रकाश नरसिंह राणा, राजु मान डंगोल, र गीता गुरुङ्ग रहेका छन् भने महासचिव , सचिब, कोषाध्यक्ष र कार्यसमिति सदस्यहरुमा क्रमस भविश्वर शर्मा, दावाङ्ग तामाङ्ग, नारायण खनाल, गोपाल गुरुङ्ग, राजेन्द्र बहादुर दुलाल, टासी गुरुङ्ग, अनिल गरुङ्ग, रत्न प्रसाद दुलाल, राम चन्द्र गिरी, पुण्य राम लगेजु, किरण गुरुङ्ग रहेका छन् । 
 
ठमेल पर्यटन विकास परिषद्को विषेश साधारण सभाको उद्घाटन गर्दै पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले राजधानीको महत्वपूर्ण क्षेत्र ठमेलले मुलुकको पर्यटन प्रवद्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए  साथै उनले विकास परिषद्को सक्रियतामा हरसंभव प्रयास गर्दै ठमेल क्षेत्रलाइ लाई २४ घण्टा खुल्ला राख्न आवश्यक कार्ययोजना तय गर्नु पर्ने जिकिर गर्दै यस क्षेत्रको गरिमा राजधानीको प्रतिविम्व भएको बताए ।
 
त्यस्तै कार्यक्रममा उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेपाल प्रहरीका एसएसपी छविलाल जोशीले ठमेललाई २४ घण्टा खुल्लानुको लागि आवश्कय शान्ति सुरक्षाको प्रबन्ध मिलाउँने प्रतिवधता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ