arrow

बारले धोका दियो ! : २ नम्बर प्रदेशका २ सय वकिलले दिए सामूहिक राजीनामा

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
dui-Number-Pradesh-Samuhik-Rajinama.jpeg

काठमाडौं । उच्च अदालतको न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका झण्डै २ सय वकिलले नेपाल बार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् । उनीहरुसँगै अन्य इच्छुक वकिलले पनि राजीनामा ठोकेका छन् । आन्दोलित वकिलहरुले विहिबार बारको कार्यालयमै पुगेर अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

नेपाल बारको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य गरी साढे २ सय बढी वकिलले सामुहिक राजीनामा बुझाएको संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले पत्रकारहरुलाई जानकारी दिए । गएको पुस २८ गते मध्य राति न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत नभएको भन्दै नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिल  र महान्यायाधिवक्ताको कार्यालय समेत आन्दोलनमा थिए । आन्दोलनकै क्रममा बारले सर्वोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्टि जर्नाका हुन् ।

केही दिन अघि मात्रै न्यायपरिषद्का पदाधिकारी र बार पदाधिकारीबीचको छलफलपछि दुई पक्षबीच आगामी दिनमा गल्ती नगर्ने भन्दै सात बुँदे सहमति भएको थियो । राजीनामा बुझाउने क्रममा कर्णले सर्वोच्चसँग भएको सातबुँदे सम्झौता खारेज र संविधानमा भएको समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनका लागि बारले खास कदम चाले मात्रै आफुहरुको आन्दोलनबारे सोच्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ