arrow

सत्ता पक्षले चुनाव चाहेन: उपाध्यक्ष गौतम

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
bamdev-gautem.jpg.jpeg
बर्दिया । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सत्तामा रहेका दलले नै निर्वाचन नचाहेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल बर्दियाले बिहिबार गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा बताएका हुन् । 
 
अहिले सत्तामा रहेका दलको पछिल्लो क्रियाकलापले उनीहरुले नै निर्वाचन नचाहेको आरोप लगाउँदै गौतमले नेकपा (एमाले) चुनावमा जान तयारी अवस्थामा रहेको जानकारी गराए । उनले ५ नम्बर प्रदेश टुक्य्राउनुको कारण मधेसबादी दललाई खुसी पार्नका लागि गरिएको आरोप लगाउँदै गौतमले यो राष्ट्रहित विपरीत भएको टिप्पणी गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ