arrow

प्रहरी सहायक निरीक्षक र व्यापारी हत्या गर्ने राना पक्राउ

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
handcuff-clipart-9ipeLdoeT.jpeg.jpeg
भीमदत्तनगर । प्रहरी सहायक निरीक्षक र भारतीय मूलका नागरिकलाई हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । 
 
विसं २०६६ मा भारतीय मूलका व्यापारी विशाल जैन तथा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई हत्या गरी फरार रहेका कञ्चनपुरको बेलौरीका धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
 
मोस्टवान्टेड सूचीमा रहेका रानालाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोले कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका थिए । विसं २०६६ मा कञ्चनपुरको सुडामा कत्था व्यवसाय गर्दै आएका भारतीय नागरिक विशाल जैनको हत्यापछि पक्राउ परेका राना २०६६ असोज १२ गते जिल्ला कारागार तोडेर भागेका थिए । 
 
प्रहरी नायब निरीक्षक लोकराज भट्टले पक्राउ परेका राना लामो समयदेखि कञ्चनपुरका आपराधिक घटनामा संलग्न रहँदै आएको जानकारी दिए । 
 
कञ्चनपुरको दैजीमा २०६८ सालमा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई समेत गोली हानी हत्या गरेका निज रानालाई ब्युरोले बुधबार अभियुक्त रानालाई प्रहरीको जिम्मा लगाएको प्रहरी नायब निरीक्षक लोकराज भट्टले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ