-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिरहा। सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत ट्राफिक चोक लहानबाट एक हजार १५ किलो लागूऔषध गाँजासहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ।
नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरूको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।