arrow

जेठको पहिलो सातामै स्थानीय चुनाव हुन्छ : वर्षमान

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २७ बिहिबार
barshaman-pun-news-pokhara.jpeg

विराटनगर । माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी जेठको पहिलो साता स्थानीय तहको निर्वाचन गराउने गरी तयारी सुरु भइसकेको बताएका छन् । विराटनगरमा संचारकर्मीसँग नेता पुनले निर्वाचन आयोगले निर्वाचनका लागि प्राविधिक तयारी शुरु गरिसकेकाले निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे ।

मधेसी मोर्चासहित असन्तुष्ट दललाई निर्वाचनमा सहभागि गराउन छलफल र वार्ता चलिरहेकाले निर्वाचनको मिति घोषणामा केही ढिलाई भएको उनको भनाई छ । मधेसी मोर्चाले उठाउँदै आएको संविधान संसोधनको मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेकाले मधेसी मोर्चालगायत सबैदलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने बताए ।

नेता पुनले भने, ‘निर्वाचनको विकल्प छैन । सबै दललाई सहमतिमा ल्याएर निर्वाचनलाई व्यवस्थित बनाउनेतर्फ सरकार लागेको छ ।’ स्थानीय तह पुनःसंरचना आयोगलले प्रतिवेदन बुझाइसकेकाले अब नयाँ संरचना अनुसार स्थानीय तहकै निर्वाचन हुने नेता पुनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ