arrow

कर नतिर्ने सिजी हाउजिङदेखि सिभिल होम्ससम्मलाई कालो सूचीमा राख्ने तयारी

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
NON_TAX_lalitpur.png
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले कर नतिर्नेहरुको सूची तयार पार्दै जाँदा थप तीन हाउजिङहरुलाई पनि तत्काल कर नतिरे कालोसूचीमा राख्ने तयारी गरिरहेको छ । स्थापना कालदेखि अहिलेसम्म कर नतिरेर उपमहानगरपालिकालाई अटेरी गरिरहेका ३ हाउजिङलाई उपमहानगरले पहिलो चरणको सूचीमा समावेश गरी तत्काल कर नतिरे कालो सूचीमा राख्ने तयारी गरिरहेको ललितपुर उपमहानगरपालिकाका राजश्व विभागका राजश्व महाशाखा प्रमुख डिल्ली शाक्यले जानकारी दिए । 
 
उनीहरुले अबको एक महिनासम्म कर नतिरेको खण्डमा यिनीहरु कालोेसूचीमा पर्ने उपमहानगरपालिकाले जनाएको छ । यसरी कर नतिरेर कालोसूचीको प्रारम्भिक सूचीमा पर्नेहरुमा सांसद् इच्छाराज तामाङको लगानीमा बनेको सिभिल होम्स पहिलो नम्बरमा रहेको छ । त्यस्तै, दोस्रो नम्बरमा चौधरी ग्रुपको सिजी प्रोपर्टी र तेस्रो नम्बरमा धापाखेल मै रहेको डाउनटाउन हाउजिङ लार्इ पनि कालो सूचीमा राख्ने तयारी भईरहेको ललितपुर उपमहानगरपालिकाले जनाएको छ ।  
 
पछिल्लो समय कर असुली गर्ने विषयमा धेरै सक्रिय भएको ललितपुर उपमहानगरपालिकाका अहिलेसम्म कर नतिरेका करदाताहरुले पनि भटाभट कर तिर्न थालेका छन् । उसले आउँदो वर्षलाई कर वर्षको रुपमा घोषणा गर्दै कर तिर्न बाँकी रहेकाहरुलाई करको दायरामा आएको खण्डमा जरिवानावापतको शुल्क मिनाहा गर्ने घोषणा समेत गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ