arrow

मधेसमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विवाह पञ्चमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो। 

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै राजपत्रमा प्रकाशित बिदा व्यवस्थाअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ। मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुने हुँदा नागरिक तथा कार्यालयहरूलाई जानकारीका लागि सूचना प्रकाशन गरिएको उल्लेख छ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरि मधेस प्रदेशसहित देशभरि नै मनाइँदै छ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ