arrow

पर्वतमा प्रधानमन्त्रीको चामत्कारिक विकास

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
cm-prachnd-new-cc.jpeg

पर्वत । पर्वतमा प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा चामत्कारिक विकास भइरहेको बताइएको छ । गएको कार्तिकमा माओवादी केन्द्रका जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न अनुरोधका लागि प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

बालुवाटार भेटमा प्रधानमन्त्री दाहालले पर्वतको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए । जिल्लाका नेताहरुसँग समन्वय गरी प्रधानमन्त्रीकाे सचिवालयमा रहेर प्रेस संयोजन गरिरहेका माओवादी केन्द्र पर्वतका युवा नेता मनहरि तिमिल्सिनाले जिल्लाका योजनाबारे पहल गरे ।

तिमिल्सिना, नेता नेत्रनाथ अधिकारी र पर्वत जिल्लाका पूर्व प्रमूख जिल्ला अधिकारी झङ्कनाथ ढकालको पहलमा पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको पाँचौं पर्वत महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन् गरे ।

प्रधानमन्त्री दाहालले कुश्मा–फलेबास–हुवास मोटरबाटो कालोपत्रे, सदरमुकाम कुश्मामा सिटी हल निर्माण, पातिचौरमा खाद्यान्न शीत भण्डार, लप्सीको क्याण्डी प्रशोधन केन्द्र निर्माण, सदरमुकाममा खेलकूद रंगशाला निर्माण लगायतका ठूला योजनामा आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रममध्ये लप्सीको क्याण्डी प्रशोधन केन्द्र निर्माण र पातिचौरमा खाद्यान्न शीत भण्डारलाई तिमिल्सिनाले त्यसअघि नै योजनाको रुपमा प्रस्ताव गरी कृषि मन्त्रालय पठाइसकेका थिए । प्रचण्डले बोलेको भोलिपल्टै बाँकी योजना पनि कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाई सकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राम्जाठाँटी पशुपति उच्च मावि खानेपानी स्तरोन्नति, राम्जादेउरालीमा शहीद स्मृति सूचना केन्द्र र पुस्तकालय, चित्रेमा पञ्चासे जडीबुटी प्रशोधन केन्द्र, चित्रे–ठाँटी–पकुवा सिंचाई कुलो (चाल्से कुलो) मर्मत, कास्की भदौरे हुँदै चित्रे जोड्ने मोटरबाटो स्तरोन्नति, तिलाहार रातामाटा, सिस्नेरी, चुत्रेनीडाँडा ग्रामिण कृषि सडक, भूकताङ्लेको ठाडो खोला जलविद्युत् आयोजना मर्मत, पातिखोला खाद्यान्न शीत भण्डार, जरेखोला–पकुवा नहर मर्मत योजना, पातिचौर–बाजु–क्याङ मोटरबाटो स्तरोन्नति, राम्जादेउराली ७ र ८ मा सामुदायिक भवन निर्माण, पञ्चरत्न प्रावि आर्थरको भवन निर्माण, पकुवामा व्यवसायिक अलैंची खेती कार्यक्रम लगायतका योजनाहरु प्रस्ताव गरी सम्बन्धित मन्त्रालय, योजना आयोग र अर्थ मन्त्रालय पठाइसकिएको बताइँदै छ ।

यस्तै, सिल्मी, ठूलीपोखरी, खौला, कार्कीनेटा सडक कालोपत्रे, स्याङ्जा फूलबारी हुँदै आर्थर, राम्जादेउराली, डिमुवा मोटरबाटो पनि बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे हुँदैछ । यसैगरी वहाकीको ठूलापधेंरा मुहान मर्मत,ख उराम, वहाकी मोटरबाटो स्तरोन्नति, कटुवा साइकलचोक, ठूलीपोखरी मोटरबाटो लगायतका दर्जनौं योजनाहरु प्रस्ताव भएका छन् ।

यसैगरी, सुमरेखोला, सिरुबारी, लिमिठाना सडक, पाङ्राङ्, खोरियाखर्क, भोकसिङ सडक, लुंखु, बालाकोट, होश्राङ्दी ग्रामिण सडक, वारीबेनी, बगरफाँट, बासखर्क, लेखफाँट सडक, देउराली, पैयुपाटा, नाङ्लीवाङ, बनौं सडक लगायतका सडक योजनाहरु पनि बजेट थप गर्ने प्रक्रियामा रहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यसअघि नै पर्वत जिल्लामा कफी, अलैंची लगायतका नगदेबालीका लागि जोन र ब्लक योजनामा समावेश भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ