arrow

अमेरिकी राष्ट्रपति ट्रम्प र न्यायपालिकाबीचको जुहारी जारी, निर्णय पुनरावेदनबाट बदर

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यायपालिकाबीचको तिक्तता चुलिएको छ । पछिल्लो पटक फेरि अदालतले गरेको निर्णयबाट ट्रम्पलाई झट्का लागेको छ । 
 
अमरिकी एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतले गरेको निर्णय सदर गरिदिएको छ ।
 
सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेश नदिन राष्ट्रपति ट्रम्पले गरेको विवादित कार्यकारी आदेशविरुद्ध परेको रीटमा अदालतले भने एकपछि अर्को गर्दै ट्रम्प प्रशासनलाई निराश पारिदिएको छ ।
 
ट्रम्पले ती सात देशबाट मुलुकलाई खतरा भएको जिकीर गरेपनि अदालतले भने खतरा भएको प्रमाण देखाउन नसकेको भन्दै पुनरावेदन खारेज गरिदिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ