arrow

महाधिवेशनको मागसहित विद्यार्थीको भेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
student-congress.jpg

काठमाडौँ। नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज काठमाडौँमा नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेका छन्। उनीहरूले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित यो भेला आयोजना गरेका हुन्।

भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए।

कार्यक्रमका वक्ता एवं नेविसङ्घका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी सङ्घलगायत भातृसंस्थाहरूको अवस्था कमजोर हुँदै गएको बताए। उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे।

कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे। उनले वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक रहेको बताए।

अधिकांश वक्ताहरूले कांग्रेस आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए। उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ