arrow

चाडबाडका बेलामात्र जाग्ने विभागले अन्य समयसमा पनि थाल्यो बजार अनुमगन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
banijya-e1444309682476.jpg.jpeg
तस्बिर : फाइल

काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो । विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई तीव्र पारेको छ ।

विभागले शुक्रबार मात्रै काठमाडौँका विभिन्न आठ उद्योग तथा फर्मको अनुमगन गरेको थियो । त्यसक्रममा क्रिष्टल स्टोर तारकेश्वर गोलढुङ्गालाई रु दुई लाख पाँच हजार जरिबाना गरेको छ । 

विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८  बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारवाही गरेको हो । 

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक , ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले जरिबाना गर्न सक्नेछन् । 

ऐन अनुसार अनुचित व्यपारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिबाना गर्न सक्नेछन् ।

काठमाडौँ महानगरपालिका ३१ नयाँ बानेश्वरमा अवस्थित घुम्ने किचेनलाई रु २० हजार जरिबाना गरेको छ । सिनामङ्गलको ग्रिन बड्स बेकरी क्याफेलाई रु पाँच हजार जरिबाना गरेको छ । 

ललितपुरको सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अन्य तीन फर्मलाई भने सामान्य निर्देशन दिइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ