arrow

जङ्गली जनावरको आक्रमणबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
gangamaya-death.jpg

रामेछाप । रामेछापको मन्थली नगरपालिका-९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ।

घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडासदस्य धनलाल तामाङले जानकारी दिए । 

घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ-भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका-७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिबार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ ।

गला फुटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडासदस्य तामाङले बताए ।

उनका अनुसार घटनास्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब एक सय मिटर दूरीमा पर्छ। शुक्रबार साँझ गोठमा जाँदै वा फर्कँदै गर्दा उनी बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ