arrow

'प्रदेशको अनुमती विना संबिधान संसोधन असम्भव'

logo
चेतन रेग्मी,
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Nilamber_acharya.jpeg
दाङ । संविधानविद नीलाम्बर आर्चायले प्रदेशको अनुमती विना संबिधन संसोधन असम्भब रहेको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङले शुक्रबार तुल सीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको निर्वाचन नगरी सीमा संसोधन गर्नेबाटो संबिधानमा नरहेको स्पस्ट पारे। 
 
आर्चायले जनताले जारी गरेको संबिधनमा रहेका कमी कमजोरीहरुलाई सुधार गरी कार्यान्वयनमा लैजान आवस्यक रहेको पनि बताएका छन्।  उनले संबिधान अन्तर्गतका जनप्रतिनिधी निर्वाचित भएमा मात्र सहि रुपमा संबिधान कार्यान्वयन हुने धारणा व्यक्त गरे । जसका लागि माघ ७ भित्रै तीनै तहको निर्वाचन गरिनुपर्ने उल्लेख गरे। 
 
कार्यक्रममा संबिधानविद आर्चायले निर्वाचन सम्बन्धि सबै विषय तत्काल टुङ्ग्याउन दलहरुलाई आग्रह पनि गरे । उनले तत्काल निर्वाचन आयोगलार्इ औपचारिक रुपमै निर्वाचन सम्बन्धी  कानुनहरु प्रदान गर्न र निर्वाचनको मिती घोषणा गर्न सरकारसँग माग गरे । 
 
फाल्गुन १० गतेसम्म संसद स्थगित गर्नुले सरकारमा रहेका दलहरु निर्वाचन प्रति गम्भीर नरहेको देखिएको उनको आरोप छ । सरकारको नेतृत्व गर्नेले जसरी भएपनि निर्वाचन गरी मुलुकलार्इ अगाडि बढाउनुपर्ने उनको तर्क छ । आर्चायले सरकारको सर्मथन गर्ने र आफुलार्इ मधेशको प्रतिनिधी ठान्नेले निर्वाचन गर्न दिन्न भन्नु मुर्खता भएको धारणा ब्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ