arrow

बाटो खुल्यो मोटर चल्यो रुकुमको मग्मा गाउँमा

logo
लाेकेन्द्र खनाल,
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । रुकुमको सदरमुकाम मुसिकोटदेखि मग्मासम्म बस सेवा सञ्चालन भएको छ । सिस्ने हिमाल बस तथा मिनिबस यातायात व्यवसायी समितिले बिहीबारबाट खलंगादेखी मग्माको बिउन टाकुरासम्म बस सेवा सञ्चाल गरेको हो । 
 
बिहिबार औपचारिक कार्यक्रमकाबीच समितिका अध्यक्ष जनककुमार बाँठाले मैनबत्ती बालेर बस सेवाको उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बाँठाले यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरेर गाउँ गाउँबाट पनि बस सेवा सञ्चालन गरिरहेको बताए । 
 
यात्रुमैत्री सेवा प्रदान गर्नको लागि आफुहरुले अब छिट्टै बाँफिकोटको छिन्खेतबाट दाङ्सम्मको लागि पनि बस सेवा सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । उद्धघाटन कार्यक्रममा समितिका उपाध्यक्ष बालकृष्ण भाट, महासचिव महेन्द्र गौतम, कोषाध्यक्ष राजु खड्का, कार्यालय प्रमुख सुधन श्रेष्ठ लगायत समितिका पदाधिकारी, कर्मचारी, स्थानीयवासीको सहभागीता रहेको बताएको थियो । 
 
गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयले खुशी भएर पन्चेबाजा र मयुर नाचले भव्य स्वागत गरेका थिए । साथै स्थानीयले गाडि चालक र यातायात समितिका पदाधिकारीलाई अविरआवरण र फुलमालाले गरेर स्वागत गरेका थिए । अब देखी  प्रत्येक दिन बिहान ७ बजे मग्माबाट खलंगा र दिउँसो ३ बजे खलंगाबाट मग्माको लागि बस सञ्चालन हुने समितिका महासचिव महेन्द्र गौतमले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ