arrow

नेपाल र चीनको विषय जोडेर चिनियाँ सञ्चारमाध्यममा भारतको सत्तोसराप !

श्रीलंका र नेपाललाई चुसेको भारतले चीनलाई समेत फुटाउन खोजेको आरोप

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
काठमाडौं । पछिल्लो समय अमेरिकामा रहेको क्यालिफोर्निया विश्वविद्यालयले तिब्बती निर्वासित धर्मगुरु दलाईलामा चौधौंलाई अतिथीको रुपमा आमन्त्रण गरेसँगै चीन भारत र अमेरिका माथि खनिएको छ । गत २ फेब्रुअरीमा भएको विश्वविद्यालयको दीक्षान्त समारोहमा दलाईलामालाई पनि बोलाईएको थियो । 
 
उक्त समारोहमा दलाईलामालाई तिब्बतका निर्वासित अत्यन्त महान् धर्मगुरु भनेर सम्बोधन गरिएकोको थियो ।
 
अझ शान्तिप्रिय व्यक्तित्व भनेर पनि उनलाई सम्बोधन गरिएको थियो ।  सो विषय चीनले लामोसमयदेखि खोजेको एक चीन नीतिको विरुद्ध रहेको भन्दै चिनियाँ सरकारी संस्था ग्लोबल टाईम्समा यसको कडा विरोध गरिएको छ । दीक्षान्त समारोहको केही दिन अघि नेपाल आएका विश्व विद्यालयका क्याम्पस चान्सलर प्रदीप खोस्लाले भारतको एक धर्मशालामा गत अक्टोबरमा भेटेको तस्वीर उक्त विश्वविद्यालयको वेभसाईटमा नै राखिएको छ । सो बाट पनि यसमा भारतको महत्वपूर्ण हात रहेको उक्त अनलाईनमा उल्लेख गरिएको छ । 
 
चु लिआङ द्वारा लेखिएको उक्त आलेखमा अमेरिका र भारतले चीनसँगको सम्बन्धलाई यस्तै सानातिना विषयमा झुलेर अन्त गर्दै गएको पनि उल्लेख गरेका छन् । सन् २००८ मा पनि केही भारतीयहरु र पश्चिमाहरुले नेपालको काठमाडौंमा बेईजिङ ओलम्पिक विरुद्ध मोर्चाबन्दी गरेको आरोप पनि उनले लगाएका छन् । 
केही भारतीय र युरोपियनहरु समेत स्थानीय तहमा दलाईलामालाई बोल्न दिने अवसरको खोजीमा लागिपरेका छन् । चु द्वारा उल्लेखित सो लेखमा भनिएको छ यस विषयमा चीन सरकार स्पष्ट छ कि भारतले चीन विरोधी गतिविधिका लागि जस्तो सुकै काम पनि गर्न तयार रहेको छ । 
 
सो लेखमा भारतलाई ब्रिटिसहरुले दान दिएको मुलुक भनिएको छ । ‘भारतीयहरु ब्रिटिसले दिएको दानको भूमिमा एकताको कुरा गरेर रमाईरहेका छन् । तर पनि पाकिस्तान उनीहरुसँग रहन समेत र अलग्गियो । त्यस लगत्तै सिक्किमलाई भारतले हडप्यो । अहिले पनि भारत नेपाल र श्रीलंकालाई चुसेर आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि एकता भड्काएर ती मुलुकहरुमा प्रभाव जमाईरहेको छ । उसले चीनलाई पनि त्यस्तै सोचेर फुटाउने रणनीतिमा लागिरहेको छ । तर, चीन अहिले पनि अरुको जस्तो स्थितीमा छैन ।’
 
सो आलेखको विषयमा भारतीय सञ्चारमाध्यमहरुले समेत चासोका साथ हेरेका छन् । भारतको चर्चित सञ्चारमाध्यम हिन्दूस्तान टाईम्स लगायतले पनि यसलाई महत्वका साथ प्रकाशन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ