arrow

सराङडाँडा : नेपालकै छैटौं बालमैत्री स्थानीय शासनयुक्त गाविस

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ २८ शुक्रबार
Panchthar.png
पाँचथर । हातहातमा फूलको माला, प्लेकार्डमा बालअधिकार सम्बन्धी विभिन्न नाराहरु लिएर स)साना वालवालिकाहरु र उनीहरुका अभिभावकहरु समेत, जिल्लाबाट गएका पाहुना टोलीलाई स्वागत गर्न तयार देखिन्छन् । यो आफ्नो गाविसलाई नेपालकै छैटौ(पूर्वान्चलको दोस्रो तथा मेचीअंचलको पहिलो) बालमैत्री स्थानीय शासनयुक्त गाविस घोषणा भएपछि पाँचथरको दक्षिणी भेगमा अवस्थित आतुर सराङडाँडावासीहरुको गतिविधि समेटिएकाे तस्वीर हाे ।  
 
आर्थिक वर्ष ०६७÷०६८ बाट नै यस कार्यक्रमलाई शुरुवात गरेपनिआर्थिक वर्ष ०६९÷०७० बाट भने युद्ध स्तरमै काम गरेर ३ वर्षको अवधिमाबालमैत्रीगाविस घोषणा गर्न सफलभएको गाउँविकाश समितीको कार्यालय सराङडाँडाले जनाएको छ । विहिबार सराङडाँडा स्थित दुर्गा माविमा आयोजित एक कार्यक्रमका वीच स्थानिय विकाश राज्यमन्त्री श्री प्रसाद जवेगुले उद्घाटन गरी बालमैत्री गाविस घोषणा गरिएको हो ।
 
उद्घाटन पछि कार्यक्रममा बोल्दै स्थानीय विकाश राज्यमन्त्री जवेगुले स्थानीय तहको जसरी पनि आउँदो जेठसम्ममा निर्वाचन हुने दाबी गरे । स्थानीय तहको निर्वाचन नहुँदा संविधान कार्यान्वयनमा समेत जटिलता थपिने भएको हुँदा जसरी पनि निर्वाचन गर्नुको विकल्प नरहेको उनले वताए ।
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा,स्थानिय विकाश अधिकारी कोमल प्रसाद धमला,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेल,नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष जय कुमार ढकाल,नेकपा एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी,नेकपा माओवादी केन्द्रका सहइन्चार्ज दिनेश लावती,गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष बालकृष्ण ओझा, स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र वस्नेत, पत्रकार जितेन्द्र भण्डारी लगायतले आआफ्नो धारणा राखेका थिए ।
 
बालमैत्रीगाविस घोषणाका लागि पूरा गर्नुपर्ने मापदण्डहरु २७वटा सेवाप्रवाह सम्वन्धी र १२ वटा संस्थागत सूचकहरु गरेर जम्मा ३९ वटा सूचकहरु पूरा गरेपछि यस गाविसलाई बालमैत्रीगाविस घोषणा गरिएको गाविस सचिव किशोरचन्द्र आचार्यले वताए ।
 
यो गाविस बालमैत्रीगाविस घोषणाका लागिजिविस, यूनिसेफ, बहु क्षेत्रीय पोषण कार्यक्रम, सुहारा, सुनौलो हजार दिन संचार अभियान, तथा विषयगत कार्यालयहरुले समेत यो कार्यक्रममा  साथ दिएका छन् । बालमैत्री गाविस घोषणा गर्न गाविसमा रहेका सम्पूर्ण राजनीतिकदल, स्वास्थ्य व्यवस्थापन समिति, फुङसिङ बहुउद्देश्यीय महिला सहकारी संस्था, बाल क्लव संजाल, निगरानी समूह, विद्यालय, लगायत आम गाविसवासीहरु लागि परेका थिए । यो कार्यक्रमलाई आउँदा दिनमा पनि बालक्लवहरुले निरन्तरता दिने बाल क्लव संजाल सराङडाँडा अध्यक्ष नविना सम्हाम्फेले वताए ।
 
बालमैत्रीगाविस घोषणा हुनु अघि वालवालिकाहरुको आवाज सुनवाई नहुने गरेको,आफनै पाराले वजेट विनियोजन गर्ने गरेको तर बालमैत्रीगाविस घोषणा गर्न गर्न लागेपछि भने बाल भेलाबोलाएर उनीहरुका इच्छा, चाहाना र आवश्यकताअनुसार उनीहरुको आवाजलाई सुनवाई गर्ने गरिएको छ । बालमैत्रीगाविस घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिगोपना,र निरन्तरताको खाँचो भने आवश्यक रहेको स्थानीय विकाश अधिकारी कमल प्रसाद धमला वताउँछन् ।
 
बालमैत्रीगाविस घोषणालाई टिकाइ राख्न र निरन्तरतादिनको निम्तिगाविसमा रहेका सम्पूर्ण वालवालिकाकाअभिभावकहरु,शिक्षकशिक्षिका,आमा समूहहरु लाग्ने फुङसिङ बहुउदेश्यमहिला सहकारी संस्थाकी अध्यक्ष गंगा आङदेम्बेले वताईन् ।
 
पाँचथर जिल्लापूर्वान्चलकै पहिलो खुल्लादिशामुक्त क्षेत्र घोषणा,तथा साक्षर जिल्ला,विद्यालयवन्दमुक्त क्षेत्र घोषणा भइसक्यो, अहिले पनिविभिन्नविषयमा घोषणा गर्ने क्रमचलिहरको छ ,तर घोषणा घोषणा मात्रै सिमितनहोस्, त्यसलाई ब्वहारमाउतार्न आवश्यक छ, सराङडाँडा बालमैत्रीगाविस घोषणा त भयो तर यसलाई टिकाइ राख्न र निरन्तरताकायम राख्नभने आवश्यक रहेको सरोकारवालाहरु वताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ