arrow

ट्रम्पले के भने अफगानिस्तानी राष्ट्रपतिलाई ?

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
काबुल । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरुले समसामयिक विषयमा कुराकानी गरेको अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । 
 
आतङ्कवादी र अतिवादी विरुद्धको लडाइका विषयमा फोनबार्ता केन्द्रीत भएको कार्यालयद्वरा जारी वक्तव्यमा जनाइएको छ । दुई नेताहरुले अफगानिस्तानको सुरक्षा अवस्था, विकासको अवस्था, लगानी र आर्थिक अवस्थाका बारेमा पनि छलफल गरेका थिए । 
 
“उहाँहरुले दुई देशको आपसी सहकार्य, दुई पक्षीय स्वार्थ र चुनौतीका विषयमा छलफल गर्नुभएको छ,” वक्तव्यमा भनिएको छ । 
 
अफगानिस्तानका राष्ट्रपति घानीले सुरक्षा जिम्मेबारी निर्वाह गर्न निकै गाह्रो भइरहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा फौजलाई आवश्यक सहयोगका बारेमा बताएका थिए । 
 
काबुल र बासिङ्गटनको राणनीतिक संवन्धका बारेमा उनिहरुले छलफल गरेको वक्तव्यमा उल्लेख छ । कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले घानीलाई चाडै नै भेट्न चाहेको बताएका थिए । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ