काठमाडौँको धोबी खोलामा साइकलसहित एक पुरुषको शव फेला
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
970
Shares
तस्बिर फाइल
काठमाडौँ। काठमाडौँको धोबी खोलामा आज बिहान साइकलसहित एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–२९, रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।
मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा रहेको पुष्टि भएको छ। घटनाको अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली परिचालन भइसकेको छ।