arrow

किन झोंकिए रामशरण ? : जेठमा चुनाव असम्भव

‘कुशासनको कारण प्रहरी प्रमुख बनाउन राजनीतिकरण भयो’

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
ramsharan-mahat-naya.jpeg

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामशरण महतले अहिलेको स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार अघि बढ्ने हो भने जेठमा चुनाव नै हुन नसक्ने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता महतले भने,‘पुनःसंरचना आयोगको प्रतिवेदनलाई अझै मिलाउनुपर्छ, यसलाई मधेशी मोर्चाले स्वीकार गरेको छैन, दलहरुभित्र पनि विवाद छ, आयोगको प्रतिवेदन अहिले कार्यान्वयन हुन सक्दैन, यसले चुनावपनि टार्छ, वैशाखको अन्त्यसम्म चुनाव हुन सकेन भने जेठ १५ नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले त्यसपछि चुनाव हुँदैन, गर्यो भने त्यो नैतिक रुपमा उपर्युक्त हुँदैन ।’ केही दिन अघि आफ्नै गृह जिल्ला नुवाकोटमा स्थानीय तहको पुनःसंरचनाको विषयलाई लिएर आन्दोलिन स्थानीयले नेता महतको कार्यक्रममै ढुंगा मुढा गरेका थिए ।

महतले जेठ १५ पछि चुनाव गर्ने गरी मिति घोषणा गर्न नैतिक रुपमा नमिल्ने प्रष्ट पारे । नेता महतले सुशासनको बेथितिका कारण निर्वाचन अन्योल र अनिश्चितको स्थिति देखिँदै गएको बताए । उनले थपे,‘प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान छैन, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दा ७ गतेभित्रै चुनावको मिति घोषणा गर्छु भन्नुहुन्छ, मोर्चासँग संविधान संशोधनपछिमात्रै चुनावको मिति घोषणा गर्ने भन्नुहुन्छ, उहाँको बोली नै विराधाभाषपूर्ण छ ।’

उनले अहिले स्थानीय निकायको निर्वाचन सम्भव भएको जिकिर गरे। डा. महतले भने,‘वर्तमान संरचना अनुसार चुनाव गर्नुपर्छ, अहिले स्थानीय निकायको चुनाव संभव छ, काँग्रेसको धारणा पनि यही हो, मैले त सूरुदेखि नै यही भनेको छु ।’ उनले प्रधानमन्त्री देशको बागडोर सम्हाल्ने व्यक्ति भएकोले देश र जनतालाई के आवश्यक पर्छ भन्ने कुरामा ध्यान दिएर सके सर्वसहमतिमा नसके अधिकतम सहमतिको बाटो पहिल्याएर भएपनि अघि बढ्नुपर्ने बताए।

नेता महतले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कस्तो छ भन्ने कुरामा जनताहरु नै स्पष्ट नभएको जिकिर गर्दै भने,‘प्रतिवेदन आएपछि पनि प्रशासकीय केन्द्र कहाँ हुने भन्नेमै विवाद हुन्छ ।’ उनले संविधान संशोधन प्रक्रिया किन रोक्नुपर्यो भन्दै प्रश्न समेत गरे। उनले अघि भने,‘संशोधन भनेको महिनौं लामो प्रक्रिया हो, त्यो भन्दा राम्रो चुनाव र संशोधन प्रस्ताव सँगसँगै अघि बढाउनुपर्छ, चुनावको मिति घोषणा गर्न रोक्नुहुँदैन ।’

नेता महतले काँग्रेस–माओवादीवीच भएको समझदारी नतोडिने समेत स्पष्ट पारे । उनले भने,‘काँग्रेससँग समझदारी भएको हो भने त्यो तोडिँदैन, के के सहमति भएको थियो भन्ने कुरा केन्द्रिय समितिमा पनि छलफल भएको छैन, गोप्य सहमति भएको छ भन्ने कुरा आएको छ, यदि त्यसो हो भने सहमति ब्रेक हुँदैन ।’

उनले हालै नेपाल प्रहरीको २५औं प्रमुख को बन्ने भन्नेबारे देखिएको विवादपनि कुशासनको कारण भएको टिप्पणी गरे । उनले भने,‘हरेक नियुक्तिमा भागबण्डा गर्नु गलत हो, यो सबै कुशासनको कारणले भैरहेको छ, मेरो, आफ्नो र पार्टीगत स्वार्थका कारण यस्तो भैरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ