arrow

अफगानिस्तानमा आत्मघाती विष्फोट, तलब लिन बैंकमा लाइन बसेका ८ को मृत्यु

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
AFG-news.jpeg

एजेन्सी । अफगानिस्तानको हेलमण्ड प्रान्तको राजधानी लश्कर गहमा एक आत्मघाती विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । हेलमण्डका गर्भनरका अनुसार विष्फोटमा परी २० जना घाइते भएका छन् । आक्रमणकारीले विष्फोटक पदार्थले भरिएको कार अफगान राष्ट्रिय सेनाको गाडीसँग ठोकेका बताइएको छ ।

सेनाको गाडी बैँकसँगै जोडिएको पार्क जनिकै रहेको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेकाहरु तलब लिन बैंक अगाडि लाइन लागेका थिए । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी नलिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ