arrow

मकवानपुरमा एमाले र माओवादीका नेता/कार्यकर्ता ओईरिए काँग्रेसमा

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ माघ २९ शनिबार
congress_welcome.jpeg
हेटौंडा । मकवानपुरमा एमाले सहित विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार भएको क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको हुन् । यसरी काँग्रेसमा प्रवेश गर्नेहरुमा एमाले छतिवन गाविसका निवर्तमान अध्यक्ष शेरमान गोले, एमाले शिखरपुरका इलाका कमिटि सदस्य टंकबहादुर थिङ, राप्रपाका ठिंगन इकाई सचिव रामबहादुर घले, माओवादी केन्द्र छतिवन गाविसका सदस्य लालबहादुर खड्कालगायतका ८९ नेता तथा कार्यकर्ता रहका छन् । 
 
पार्टीको प्रशिक्षण बकैयाँ गाउँपालिका अन्र्तगत ठिंगन, मन्थली, शिखरपुर, धियाँल तथा छतिवन गाविसको हात्तिसुँढेमा सम्पन्न भएको हो। स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी दोस्रो चरणको कार्यक्रमअन्र्तगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा प्रशिक्षण कार्यक्रम भएको थियो ।
 
प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति राज्यमन्त्री बानियाँले समसामयिक राजनीतिक घट्नाक्रम, राजनीतिक तथा अहिलेको संविधानको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । राज्यमन्त्री बानियाँले विकासको निम्ति आफूले यो क्षेत्र नम्बर १ को लागि आफूले अहिलेसम्म धेरै कार्य गरेको केही तत्वहरुले आफूलाई बदनामी गर्न लागिपरेको भन्दै  त्यस्ताको पछि नलाग्न कार्यकर्ताहरु आग्रह गरे। 
 
त्यस्तै अर्का प्रशिक्षक तथा अथिति, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले अहिले मकवानपुरमा काँग्रेसले विकास निर्माणको काममा सक्रिय भूमिका निभाईरहेकाले अव आउने स्थानीय निकायको चुनावमा जनतालाई पार्टीले गरेको कामको प्रचारप्रसार गरेर आम जनतासम्म पु¥याउन आग्रह गरेका थिए ।
 
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रामबाबु बानियाँ, सल्लाहाकार दामोदर सुवेदी, छतिवन, धियाँल, शिखरपुर, ठिंगन र मन्थली गाउँ सभापतिहरु क्रमशः भूमिनन्द गौतम, ज्ञानबहादुर थिङ, कृष्णबहादुर गोले, इन्द्रबहादुर स्याङतान र भीमबहादुर घिमिरे, महासमिति सदस्य धर्मराज लामिछाने, अर्जुन चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 
प्रशिक्षण कार्यक्रममा एमाले छतिवन गाविसका निवर्तमान अध्यक्ष शेरमान गोले, एमाले शिखरपुरका इलाका कमिटि सदस्य टंकबहादुर थिङ, राप्रपाका ठिंगन इकाई सचिव रामबहादुर घले, माओवादी केन्द्र छतिवन गाविसका सदस्य लालबहादुर खड्कालगायतका ८९ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
 
त्यस्तै क्षेत्र नम्बर १ को तेस्रो चरणको प्रशिक्षण कार्यक्रम बाग्मती गाउँपालिका अन्र्तगत बेतिनी, राईगाउँको फापरवारीमा फागुन १ गते प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे र नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथानागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँबाट प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ