मुख्यमन्त्री यादव मङ्सिर २४ मा विश्वासको मत लिने तयारीमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
931
Shares
काठमाडौँ। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर २४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाली कांग्रेसका तर्फबाट मङ्सिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले आज (आइतबार) मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन्।
जसपाका प्रमुख सचेतक रामअशीष यादवले दिएको जानकारीअनुसार, आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिने निर्णय गरेको हो।