arrow

डोजर चलाउने प्रचण्डलाई १२५ किलोको माला

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
PM-DOJARMA.jpeg

रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न आफु लगातार देश दौडाहामा रहेको बताएका छन् । सांसद प्रभु शाहको नेतृत्वमा सञ्चालित सडक बचाउ अभियानले शनिबार दिउँसो रौतहटमा गरेको आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशका ठूला आयोजनाहरु सम्पन्न गर्न लगातार कोशिस गरिरहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले स्काभेटर चलाएर बाटो विस्तारको सुभारम्भ गरे ।

सोनरनियामा भएको कार्यक्रममा दाहालले भने, ‘म राजनीतिक स्थिरता र आर्थिक समृद्धिको अभियानमा छु । मलाई विश्वास छ, मधेसी जनसमुदायले मेरो अभियानमा साथ दिनुहुनेछ । म भारतको गोवा भ्रमणमा जाने बेला नै हुलाकी राजमार्ग निर्माणबारे गम्भीर कुरा गरेको थिएँ । अहिले कैयौं वर्षदेखि रोकिएको काम प्रारम्भ भएको छ । सरकारले हुलाकी राजमार्गलाई चार लेनको बनाएर मधेशको कृषि लगायतका क्षेत्रमा गुणात्मक प्रगति गर्न चाहन्छ ।’

दाहालले केरुङबाट काठमाडौं हुँदै लुम्बिनी पुग्ने रेल्वे लाइनको निर्माणमा पनि सरकार गम्भीर रहेको बताए । उत्तर—दक्षिण रेल मार्गको निर्माणका लागि सरकारले दुवै छिमेकीसँग पहल गरिरहेको छ । हामीले मिलेर नै देशको विकास गर्नुपर्छ । यसमा सबैको साथ रहने विश्वास लिएको छु, दाहालले भने ।

मधेसका कच्ची बाटोहरुको स्तरोन्नति र बिस्तार गर्ने काममा सरकार गम्भीर छ । तपाईहरुको समस्यालाई दृष्टिगत गरी सरकारले सडक बिस्तार र स्तरोन्नतिलाई गम्भीर रुपमा लिनेछ, दाहालले भने, ‘कृषक कर्जा ५० प्रतिशतमा बृद्धि गर्न सरकार गम्भीर रुपमा लाग्नेछ । ग्रामिण स्तरमा विद्यालय र उच्च विद्यालय निर्माणको कामलाई प्राथमिकतामा राखिने छ । मधेशका विद्यार्थीलाई शिक्षामा आकर्षण गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिनेछ ।’ रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ ।

प्रधानमन्त्री दाहालले हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ, भने । उनले अगाडि थपे, पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।’

अहिलेको युग विकासको युग हो । दुनियाँले विकासको अपेक्षा गरेको छ । नेपाली जनताले पनि विकासको अपेक्षा गरेका छन् । मेरो नेतृत्वको सरकारले विकास र समृद्धिमा लगातार जोड दिँदै आएको छ, दाहालले भनेका छन् । यस्तै, दाहालले, व्यवस्थापिका—संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव भोटिङमा लगेर पारित गरिने बताए ।

प्रधानमन्त्री दाहालले अगाडि भने,  ‘हिमाल, पहाड र मधेशलाई जोडेर निर्वाचनमा जाने मेरो संकल्प छ । पहिचान र अधिकारका निम्ति, विगतमा गरिएको उत्पीडनको अन्त्यका लागि मेरो नेतृत्वमा १० वर्षे जनयुद्ध भयो । जनयुद्धकै बलमा संघीय लोकतान्त्रिक संविधान बनेको छ । जनताको माग अझै पुरा भइसकेको छैन । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।’

१२५ किलोको मालाको स्वागत
रौतहटमै प्रधानमन्त्रीलाई १२५ किलोको मालाले स्वागत गरियो । राष्ट्रिय गौरवको आयोजना ‘फास्ट ट्र्याक’को निरीक्षणमा पुगेका प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टर चढेर रौतहट पुगे । जहाँ प्रधानमन्त्रीले चार वटा कार्यक्रममा सहभागिता जनाए । जिगडवा वेलविछवामा पुग्दा दाहाललाई सयपत्री फूलको १२५ किलोको मालाले स्वागत गरियो । १२५ किलोको माला बनाउन माओवादीका समानुपातिक सांसद अशोक जैसवालले लगाएका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ