arrow

बजार अनुगमनमा चार फर्मलाई कारबाही

उपभोक्ता संरक्षण ऐन उल्लङ्घनमा रु ५० हजार जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
bibhag.jpg

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै चार वटा उद्योग एवं फर्मलाई कारबाही गरी कुल रु ५० हजार जरिवाना गरेको छ।

विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो। कारबाहीमा पर्नेमा मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार तथा भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर, कृष्ण प्लाइउड एण्ड पेन्ट र काठमाडौँ महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई समान रु १०/१० हजार जरिवाना गरिएको छ।

विभागका अनुसार, ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको हो। अनुगमन गरिएका बाँकी ११ वटा फर्मलाई भने सामान्य निर्देशन दिँदै व्यवसायमा आवश्यक सुधार गर्न र कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ