arrow

प्रहरीका दुई प्रमुख तोक्न मन्त्रीपरिषद बैठक बस्दै, रडाको मच्चिने सम्भावना

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
police-sasastra.png
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ प्रमुख तोक्न आइतबार बिहान मन्त्री परिषद बैठक बस्दैछ । लामो समयदेखि दुई प्रमुख तोक्नका लागि आन्तरिक किचलो कायमै छ । सशस्त्र प्रमुखमा जनचासो कम हुने भएकाले त्यति वास्ता नभए पनि जनपथमा भने निकै घम्साघम्सी भइरहेको बताइन्छ । 
 
जनतासंग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसमा निकै ठूलो चलखेल हुँदै आएको छ । दलगत समस्या भएकाले पनि यसको रडाको लामो समयदेखि चलिरहेको छ । 
 
बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि महानिरीक्षक तोक्नेबारे विवाद भएपछि टुंगो लाग्न सकेन । 
 
शनिबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच निकै रस्साकस्सी चल्यो । 
 
आइजीपी उपेन्द्रकान्त अर्यालको कार्यकाल फागुन ३ गते सकिँदैछ । एकै ब्याजेहरु ०४४ सालमा इन्सपेक्टरबाट प्रवेश गरेका डीआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये एक जना आइजीपी बन्नेछन् ।  
 
आईजीपीको दौडमा नवराज सिलवाल र जयबहादुर चन्द अगाडि छन् । कार्यदक्षतामा सिलवाल केही अगाडि देखिए पनि चन्दलाई आइजीपी बनाउनु पर्ने अडानमा देउवा रहेपछि प्रचण्डलाई सकस भएको छ ।
 
त्यसो त गृहमन्त्री विमलेन्द्र निधिले सिलवाललाई रोजेका थिए । सशस्त्रमा दुर्जकुमार राई ३० वर्षे कार्यकाल टुंगाउँदै बाहिरिंदै गर्दा एआइजीहरु सिंहबहादुर श्रेष्ठ, प्रकाश ओझा र प्रेम शाही दाबेदार छन् । 
 
नेपाल प्रहरीमा भने एआइजीहरुले पनि संगै अवकास पाउँदा डिआइजीले अवसर पाउन थालेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ