arrow

आइतबार बिहानै बस पल्टियो, छ यात्रु घाइते

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
accident-final.jpeg
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आइतबार बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् । 
 
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो । 
 
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ