हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैनः लिङ्देन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
739
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।
बिहीबार काठमाडौँमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नवीन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए ।
यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।
उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेन-जीका बीचमा एउटा नवीन समझ्दारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेन-जीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । निर्वाचन भइहाल्यो भने राप्रपा निर्वाचनबाट भाग्दैन् । निर्वाचनको तयारीसँगै अगाडि बढाएर जान्छ ।’
उनले बैठकमा समग्रमा अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन, आन्दोलन आदिका बारेमा छलफल र बहस भइरहेको भन्दै बैठकमा सहभागीले आफ्नो भनाइ राख्ने काम जारी रहेको बताए ।