arrow

शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थासँगको सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
afgan-president-house.jpg

काठमाडौँ। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरूले शरणार्थी र आन्तरिक रूपमा विस्थापित परिवारहरूलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू) मा हस्ताक्षर गरेको छ ।

सम्झौताअन्तर्गत, उत्तरी प्रान्त फरयाबमा दुई हजार २३१ व्यक्तिहरूलाई सहयोग गर्न तीन लाख दश हजार अमेरिकी डलर भन्दा बढी छुट्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहयोगबाट कोषले स्वास्थ्य सेवाहरू लगायतका अन्य अत्याआवश्यक सामाजिक समर्थन प्रदान गर्नमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।

यसै गरी अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बुधबार घरेलु सहायता एजेन्सीसँग छुट्टै चार लाख ६२ हजार डलरको सम्झौता गरेको छ ।

जसको उद्देश्य पूर्वी प्रान्त पक्तिकाका बासिन्दाहरूमा विपद् जोखिम व्यवस्थापनका बारेमा चेतना जगाउनु तथा उनीहरुको उचित व्यवस्थापन गर्नु हो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ