arrow

साेमबारदेखि निजामती कर्मचारीलार्इ स्थानीय निकायमा प्रवेश निषेध !

बढ्दै स्थानीय-निजामती कर्मचारीकाे दूरी, सुविधा पनि राेकिने

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
AAndolan_local_sector.jpeg
काठमाडौं । स्थानीय निकायका कर्मचारीहरुले आफ्नो आन्दोलनको स्वरुप बदल्ने भएका छन् । माघ १८ गतेदेखि विभिन्न चरणको आन्दोलनमा सहभागी बन्दै आएका स्थानीय निकायका कर्मचारीहरुले आईतबार पनि देशभरका जिविस, गाविस, महानगर, उपमहानगर र नगरपालिकाहरुमा काम ठप्प पारेका छन् । 
 
संघीय संरचनामा जाँदा निजामती कर्मचारीहरुलाई एक तह बढुवा गरेर लैजाने विषयमा विमति राख्दै आएको उनीहरुले यो आन्दोलनलाई सोमबारदेखि झनै चर्काउने तयारी गरिरहेको नेपाल स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष सुजिन्द्र महर्जनले जानकारी दिए । 
 
आन्दोलनरत कर्मचारीहरुले आईतबार पत्रकारसम्मेलन गरेर नै सो विषयमा जानकारी दिने तयारी गरिरहेका छन् । उनीहरुले सोमबारदेखि कुनैपनि निजामती कर्मचारीहरुलाई स्थानीय निकायमा प्रवेश गर्न नदिने, स्थानीय निकायमा कार्यरत निजामती कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको साँचो जफत गरेर राख्ने र उनीहरुलाई स्थानीय निकायबाट प्राप्त कुनैपनि सुविधाबाट बञ्चित गराउने तयारी आन्दोलनरत कर्मचारीहरुको छ । 
 
गत माघ १८ गतेदेखि सुरु भएको आन्दोलन अहिलेसम्म ज्ञापनपत्र बुझाउने लगायतका काममा मात्रै सीमित रहेको थियो । तर, ज्ञापनपत्र बुझाउने क्रममा पनि सचिव तथा मुख्य सचिवले समेत यसमा सहमति नजनाएको स्रोतले जानकारी दियो । उनीहरुले १ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सम्पन्न भएपछि २ गतेदेखिको आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पछि छलफल गर्ने बताएका थिए । 
 
स्थानीय कर्मचारीहरु संघीय कानूनमा कर्मचारी व्यवस्थापन गर्दा निजामती कर्मचारीलाई एक तह बढुवा गरेर स्थानीय कर्मचारीको भन्दा बढी अधिकार सहित स्थानीय कर्मचारीसँग मर्ज गराउने लगायतका ५ वटा मुख्य मागहरु उनीहरुले अगाडि सारेका छन् । आन्दोलनमा पाँचवटा कर्मचारी संगठनहरु नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, स्थानीय निकाय कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय, गाउँ विकास समिति कर्मचारी संघ, स्थानीय निकाय कर्मचारी युनियनले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ