arrow

एसिया कपमा नेपाल र श्रीलंका मैदानमा, नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
asiacup-u19-nep-sl-25-12-13.jpg

काठमाडौँ । एसीसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा अहिले नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा भइरहेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन्स रंगशाला दुबईमा जारी खेलमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेलिरहेको हो । 

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

आठ टोली सहभागी रहेको यस प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । उपाधिका लागि पुस ६ गते खेल हुनेछ।

नेपाली टोलीमा अशोक धामीको कप्तानीमा १५ सदस्य छन् । जसमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् ।

नेपाल यसअघि छनोट चरणमा उपविजेता बन्दै एसिया कप खेल्न पाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ