arrow

यू–१९ एसिया कपमा नेपालको खराब शुरूआत, श्रीलंकासँग सहजै पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
asiacup-u19-nep-sl-25-12-13.jpg

काठमाडौँ । एसीसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा नेपालले खराब शुरूआत गरेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन्स रंगशाला दुबईमा भएको पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भयो । 

८३ रनको सामान्य चुनौती श्रीलंकाले १४ ओभर ५ बलमै २ विकेटको क्षतिमा पूरा गर्यो । दिमान्था महाभिथानाले ३९ रन बनाए । नेपालका लागि दयानन्द मण्डलले एक विकेट लिए भने एक खेलाडी रन आउट भए । 

यसअघि खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गर्ने क्रममा २८.५ ओभर खेलेर अलआउट हुँदै ८२ रनमात्रै बनायो । नेपालमा लागि सर्वाधिक रन अतिरिक्तका रुपमा मिलेको छ । १९ रन अतिरिक्त पाएको नेपालका लागि ब्याटबाट सबैभन्दा बढी सिब्रिन श्रेष्ठले १८ रन बनाए । 

सेथमिका सेनेभिरत्नेले ५ विकेट लिए । 

नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।

आठ टोली सहभागी रहेको यस प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । उपाधिका लागि पुस ६ गते खेल हुनेछ।

नेपाली टोलीमा अशोक धामीको कप्तानीमा १५ सदस्य छन् । जसमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् ।

नेपाल यसअघि छनोट चरणमा उपविजेता बन्दै एसिया कप खेल्न पाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ