arrow

नेपालको संविधानमा ईयुले उठाएको प्रश्नको कडा जवाफ दिन्छु : परराष्ट्रमन्त्री महत

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
mahat-new-photo.jpeg

काठमाडौं । युरोप भ्रमणमा निस्किन लागेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको संविधानबारे युरोपियन युनियनले उठाएको प्रश्नको प्रष्ट जवाफ दिने बताएका छन् । मन्त्रालयमा आइबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री महतले भने, ‘ईयुका पदाधिकारीलाई भेटेर संविधानबारे प्रष्ट्याइन्छ । नेपालको संविधानप्रतिको अस्पष्टता हटाउने र संविधानको लोकतान्त्रिक मूल्य मान्यताबारे पनि राम्ररी भन्छु ।’

सम्मेलनमा परराष्ट्रमन्त्री महतले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याउनेबारे प्रतिवद्धता जनाउने पनि संचारकर्मीलाई सुनाए । मन्त्री मतहले भरखरै म्याद थपिएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको भूमिका र कामबारेपनि ईयु पदाधिकारीलाई जानकारी गराउने बताए । पत्रकार सम्मेलनपछि मन्त्री महत छलफल र आन्तरिक भेटघाटमा व्यस्त भएका निजी सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ