arrow

बोले पूर्वराष्ट्रपति : ‘लोकतान्त्रिक प्रणालीलाई दलले संस्थागत गर्न सकेनन्’

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
rambaran-yadav.jpeg

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले सस्थागत गर्न नसकेको बताएका छन् । आइतबार काठमाडौंमा एक मासिक पत्रिकाको सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले देशको परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेका छन् भने ।

‘‘२०१७ सालदेखि अहिलेसम्म तीनवटा परिवर्तन सबै दल र नेपाली समुदाय एक ठाउँमा उभिएर म्भिव भएको छ, पूर्वराष्ट्रपति भने, ‘तर राजनीतिक खिचातानीका कारण अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन सकेका छैन । देश अस्थिरतामा रहेको छ ।’ राजनीतिक दलको सत्ता खेलमा लागेर देशमा अस्थिरता भएको आरोप लगाउनु भयो । ‘‘कसैले आउँदो चुनाव हेरेका छन् । भोलि कसरी शासन गर्ने भन्ने चिन्तामा दलहरु देखिन्छन्’’ डा. यादवले भने, ‘देशको शासन प्रणालीलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान छैन ।’’

आफूले दुई–चार महिना कुरेर भए पनि सबैलाई समेटेर संविधान जारी गरौँ भन्दा दलहरुले नमानेको उल्लेख गर्दै सत्ताको खेलमा लागेर त्यतिबेला संविधान जारी गरेको धारणा राखे । ‘‘मैले यो संविधानसभा हो प्रतिनिधिसभा होइन । अलि बढी मधेसको समस्यामाथि छलफल गरेर संविधान २÷४ महिना ढिलो जारी गरे केही हुन्न भनेको थिए’ डा. यादवले भने, ‘तर दलहरुले सत्ताको खेलमा लागेर चाँडै जारी गरे । जसको परिमाण अहिले देखिँदैछ ।’

मधेसको समस्या राष्ट्रिय समस्या भएको भन्दै डा. यादवले अहिलेकै संविधानभित्र रहेर मधेसको समस्या समाधान गर्नुपर्ने बताए । लोकतन्त्रलाई संस्थागत गर्नका लागि पत्रकारको अहम भूमिका रहेको उल्लेख गर्दै डा. यादवले देशको प्रणालीलाई स्थिरता बनाउनका लागि पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले राजनीतिकभन्दा विचारमूलक पत्रकारितामा बलियो हुँदै गएको बताए । नेपाली समाजलाई बदल्न चुनौती रहेको भन्दै पूर्वराष्ट्रपति यादवले नेपाली समाजलाई परिवर्तन गर्ने पत्रकारिता गर्नुपर्ने जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ