arrow

उर्जामन्त्री शर्मा आफै पुगे पश्चिम सेतीको ड्याम बन्ने ठाउँ

स्थानीयलाई पनि लगानी गर्न भने

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
janardan-sharma-news-aa.jpeg

डोटी । उर्जा मन्त्री जनार्दन शर्मा आफै बहुप्रतिक्षित पश्चिम सेती आयोजनको ड्याम बन्ने ठाउँको निरीण गर्न पुगेका छन् । सात सय ५० मेगावाट क्षमताको परियोजना अध्ययन भ्रमणको क्रममा मन्त्री शर्मा ड्याम बन्ने स्थल बैतडीको ढुंगाढ र डोटीको तलारा क्षेत्र पुगेका हुन् ।

निरीक्षणपछि शर्माले भने, ‘यो राष्ट्रिय गौरवको आयोजनमा हो । निर्माणका लागि आवश्यक तयारी पुरा भइसकेको छ । चाँडै काम सुरु हुन्छ ।’ हेलिकप्टर चढेर आयोजना निर्माणस्थल पुगेका मन्त्री शर्माले स्थानीयलाई समेत आयोजनमा लगानी गर्न अनुरोध गरे । आयोजनाले विस्थापित हुने क्षेत्रका स्थानीसँगको कुराकानीमा मन्त्री शर्माले क्षती पूर्तिका लागि संघर्ष गर्नु नपर्ने बताउँदै सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन स्थानीयलाई आग्रह गरे । ‘आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस् । पश्चित सेती बन्छ’– मन्त्री सर्माले भने । आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा सेयरको विषयमा टुङ्गो लागिसकेको मन्त्री शर्माले बताए । विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने मन्त्री शर्माको भनाइ छ ।

सरकारका तर्फबाट मन्त्रीले नै पहिलो पटक भ्रमण गरेका हुन् । मन्त्री नै आयोजन स्थल पुगेपछि स्थानीयले आफुहरुको बुहप्रतिक्षाको घडी नजिक आएको बताए । स्थानीयले भने, ‘मन्त्री ज्यू नै आएर आयोजनाको काम सुरु हुने भन्नु भएपछि २ दशक बढीको आशा बढेर आएको छ ।’ जलाशययुक्त पश्चिम सेती परियोजना निर्माण हुने चर्चा चलेको २ दशक वितिसकेको छ ।

पछिल्लो समय पश्चिम सेती आयोजना बनाउने जिम्मा चीनियाँ कम्पनि थ्री गर्जेजले पाएको छ । अस्ट्रेलियन कम्पनी स्मेककोसँग आयोजना बनाउने, ९० प्रतिशत विजुली भारत लैजाने र १० प्रतिशत मात्र नेपाललाई दिने गरी सम्झौता भएको थियो ।   तत्कालीन प्रवद्र्धक स्मेकले एसियाली विकास बैंकसँग ऋण लिन पाउने भएपछि जलविद्युत अध्येयताहरुले वास्तविकता एसियाली विकास बैंकलाई सुनाए ।

पछि नेपाललाई फाइदा नहुने भएपछि एसियाली विकास बैंकले हात झिकेको जलविद्युत् अध्येयता रत्नसंसार श्रेष्ठ बताउँछन् । तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले स्मेकको लाइसेन्स रद्द गरेको गरिदिएका हुन् ।  यसैबीच, उर्जा मन्त्री जनार्दन शर्माले डोटीको आन्तरिक लोडसेडिङ कम गर्नका लागि तत्काल नयाँ ट्रान्स फर्मर उपलब्ध गराउने आश्वासन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ