arrow

देउवाले फेरि चुनाव लड्ने, डडेलधुराबाट एकल सिफारिस, आरजूसँग थप तीन जना 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
sher-bahadur-deuba-arzu.jpg
तस्बिर : फाइल

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि डडेलधुराबाट सिफारिस भएका छन् । 

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत् रुपमा आएको कांग्रेस सभापति देउवाको नाम प्रदेश कार्यसमितिले बुधबार केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिए ।  
 
कांग्रेस केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा आरजू राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र) बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनका लागि सिफारिस गरिएको छ । 

प्रत्यक्ष तर्फको निर्वाचनमा यो क्षेत्रमा राणासहित कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस गरिएको छ । 

 कैलाली–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन् । बलायर डोटीबाटसमेत सिफारिस भएका छन् । कैलाली –४ मा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसहितका आकांक्षीको नाम पनि सिफारिस गरिएको छ ।

  कञ्चनपुर–२ बाट विघटित प्रतिनिसभा सदस्य एवं कांग्रेसका नेता एनपी साउदसहितका आकांक्षी र कञ्चनपुर–३ बाट केन्द्रीय सदस्य एवं निर्वतमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षीको नाम सिफारिस भएको छ । 

यसैगरी अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहित सिफारिस भएका छन् ।  विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट एकल रुपमा सिफारिस भएका छन् । 

कांग्रेसको प्रदेश कार्यसमितिले आसन्न प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका आकांक्षी सबैको नाम केन्द्रमा पठाएको प्रवक्ता रावतले बताए । 

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ सबै नौ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । 

विसं २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन र तत्कालीन नेकपा (एकीकृत समाजवादी) पार्टीका तीन र नेकपा एमालेका दुई प्रत्यासी विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ