लुम्बिनी । रुपन्देही जिल्ला अदालतबाट तिलोत्तमाका शंकर पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तिलोत्तमा नगरपालिका वडा नं २ रामजानकी पथ घर भई हाल बुटवल उपमहानगरपालिका वडा न-१५ सेमलार बस्ने पाण्डेविरुद्ध पक्राउ पुर्जी भएको हो ।
सोही पालिकाको वडा न-३ योगिकुटीका पशुपति उपाध्यायले अदालतमा दायर गरेको चेक अनादर मुद्धामा २०७९ चैत्र २१ गते फैसला भएकोमा फरार प्रतिवादी पाण्डेलाई बिगो वापत कैद गरी पाउँ भनी परेको निवेदनमाथि ०८२ असोज २४ गते अदालतले आदेश गर्दै गत मंसिर १९ गते पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई फारर रहेका पाण्डेलाई पक्राउ गर्न परिपत्र गरेको छ । 'दायर गरेको चेक अनादर मुद्धामा साठी लाख सत्तरी हजारको हो, पीडित उपाध्याय भने-अदालतमा मुद्धा परेपछि भागेर दुबई पुगेका पाण्डे अहिले काठमाडौंमा 'पठाओ' ट्याक्सी चलाउँदै गरेको जानकारी पाएको छु । इलाका प्रहरी कार्यालय बुटवलमा पनि जानकारी गराएको छु ।'