arrow

दामन-सिमभञ्ज्याङ सम्भावनाले भरिपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
daman-hetuda.jpg

हेटौँडा । सहरको व्यस्त दैनिकीबाट केही समय सुस्ताउने मन जो-कोहीलाई हुन्छ । काठमाडौँको कोलाहल वातावरणबाट टाढा शान्त, चिसो र प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि दामन उत्कृष्ट गन्तव्य बनेको छ ।

मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन काठमाडौँबाट धेरै टाढा पनि छैन ।

थानकोट-नौबिसे हुँदै भित्रुवन (त्रिभुवन राजपथ) राजमार्गबाट करिब ७५ किलोमिटर दूरी पार गरेपछि तीन घण्टामै दामन पुग्न सकिन्छ ।

चन्द्रागिरि हुँदै चित्लाङको कच्ची बाटो प्रयोग गर्दा झन्डै आधा समयमै दामन पुग्न सकिने विकल्प पनि छ ।

यसैगरी दक्षिणकालीबाट फाखेल-कुलेखानी-मार्खु-टौखेल-बज्रवाराही हुँदै जाने अर्को वैकल्पिक मार्गले पनि यात्रालाई रोचक बनाउँछ ।

हेटौँडाबाट करिब ५० किलोमिटरको दूरीमा रहेको दामन बागमती प्रदेश राजधानीसँगै तराई क्षेत्रका शहरहरूबाट पनि सजिलै पुग्न सकिने स्थान हो ।

दामनभन्दा केही उचाइमा रहेको सिमभञ्ज्याङ त्रिभुवन राजपथको सबैभन्दा अग्लो बिन्दु हो ।

ऐतिहासिक रूपमा सिमभञ्ज्याङ काठमाडौँ उपत्यका र मकवानपुर-तराई क्षेत्र जोड्ने प्रमुख पहाडी नाका का रूपमा प्रयोग हुँदै आएको छ ।

राणा शासनकालमा यही पास हुँदै सरकारी अधिकारी, व्यापारी र सेनाहरू ओहोरदोहोर गर्ने गर्थे ।

आज सिमभञ्ज्याङ जिल्लाकै सबैभन्दा अग्लो क्षेत्रका रूपमा परिचित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ