arrow

कांग्रेस निर्वाचनमा जान आतुर : डा कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
shekhar-koirala-05-09.jpg

विराटनगर । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन नै भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताएका छन् ।

मोरङको सुन्दरहरैंचा-५ स्थित बुद्ध विहारको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै उनले सुन्दरहरैंचा-४ मा पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए । त्यस क्रममा उनले फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

बुद्ध विहारको उद्घाटनका क्रममा नेता कोइरालाले नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको बताए । 

नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसँग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख गरे । 

केही दिनयता डा. कोइराला आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ मा छन् ।

उनले पार्टीका नेता कार्यकर्तासँग भेटघाट, पार्टीको १५औँ महाधिवेशन र आशन्न निर्वाचनका बारेमा छलफल तीव्र बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ