arrow

एनआरएनको आँखा तीनधारा पाठशाला र वाल्मीकि क्याम्पसमा !

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
NRN_sanskrit.png
काठमाडौं । तीनधारा संस्कृत छात्राबास र वाल्मीकि विद्यापीठको जग्गा निजी प्रयोजनको लागि भाडामा दिने भित्री चलखेलमा गैरआवासीय नेपाली महासंघ(एनआरएन) समेत जोडिएको छ । ऐतिहासिक महत्वको तीनधारा संस्कृत छात्रावासको कूल साढे सात रोपनी जग्गा र वाल्मीकि विद्यापीठको १४ रोपनी जग्गामा होस्टेल र क्याम्पस समेत विस्थापित गरेर व्यवसायिक कम्प्लेक्स बनाउनको लागि एनआरएनका पदाधिकारीहरुले नै ठूलो चलखेल गरिरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । 
 
तत्कालीन समयमा १९४१ सालदेखि सुरु भएको तीनधारा संस्कृत छात्राबासको शाख सिध्याउने गरी एनआरएनका केही सदस्यहरुले विश्वविद्यालयका उच्च अधिकारीहरुसँग पटकपटक भेटघाट गर्ने गरेका छन् । स्रोतका अनुसार सो दुई स्थानको जग्गा ४० वर्षको लागि भाडामा दिने तयारी भईरहेको छ ।  
 
सो को लागि वाल्मीकि क्याम्पसका अघिल्ला क्याम्पस प्रमुख लालमणि पाण्डेको समयमा पनि पटकपटक स्वीकृति माग्नको लागि एनआरएनका सदस्यहरु आउनेगरेका थिए । व्यक्तिगत स्वार्थमा विश्वविद्यालयको यस्तो अमूल्य जग्गाविक्री गरेर तीनधारा पाठशाला र क्याम्पसलाई समेत विस्थापित गर्ने षड्यन्त्रमा एनआरएन समेत लागिपरेको वाल्मीकि क्याम्पस निकट स्रोतले जानकारी दिएको छ । 
 
स्रोतका अनुसार  अहिले वाल्मीकि विद्यापीठका क्याम्पस प्रमुख र विश्वविद्यालयका उपकूलपति समेत यसमा सक्रियताका साथ लागिपरेका छन् । जसको लागि एनआरएनका अधिकारीहरु र उनीहरुबीच पटकपटक यस विषयमा पाँचतारे होटलहरुमा वार्ता समेत चल्ने गरेको छ । 
 
विश्वविद्यालय उच्च स्रोतका अनुसार यस विषयमा अघिल्लो क्याम्पस प्रमुखको पालामा पनि एनआरएनको टोलीले दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा गोप्य छलफल गरेका थिए । तर, पनि कुरा नमिलेपछि उनीहरु गुपचुप बसिरहरको थिए । तत्कालीन क्याम्पसप्रमुख पाण्डेले कसैगरी पनि स्वीकृति नजनाएपछि उनीहरु अर्काे क्याम्पस प्रमुखको खोजीमा थिए । 
 
अहिलेका क्याम्पस प्रमुखको रुपमा गणेश घिमिरे रहेका छन् । उनी प्राध्यापक संघका निवर्तमान अध्यक्ष समेत हुन् । उनले वाल्मीकि विद्यापीठ र संस्कृत छात्राबास भाडामा दिने विषयमा प्रश्न गर्दा आइतबार सकारात्मक प्रतिक्रिया दिएका थिए । उनले व्यवसायिक भवन बनाउँदा पत्रकारलाई केको चासो भनेर आफूहरुले लामो समयसम्म तलव नपाउँदा पत्रकारले एउटापनि समाचार नलेखेको प्रति आक्रोश समेत पोखेका थिए । उनले आफूलाई विश्वविद्यालयले कुनै पत्र नलेखेको बताउँदै विश्वविद्यालयले पत्र लेखेपछि सो विषयमा आफूले के कदम चाल्ने भन्नेबारे जानकारी दिने बताएका थिए । 
 
तत्कालीन श्री ३ वीर शम्सेर जङ्गबहादुर राणाले वि.सं. १९४१ साल वैशाख १ मा ५४ जना ब्राम्हणहरूको भोजनको लागि दानपत्र गरी राखिएको तीनधारा ब्राम्हण भोजन गुठीमा वि.सं. १९४३ वैशाख ३ बाट पुनः थप ५४ जना ब्राम्हण भोजन थप गरी कुल १०८ ब्राम्हणहरूलाई भोजन गराउनका निमित्त उक्त गुठीको स्थापना गरिएको हो । सम्बत् १९४५ साल वैशाख ४ गते वीर शम्सेरबाट भएको खड्ग निशाना अनुसार उक्त तीनधारा पाकशाला गुठीमा १०८ जना ब्राम्हणलाई नित्य विहान बेलुका भोजन र वर्षको जनही २ जोर लुगा, ३ वर्षमा १ फेरा जनही राडी, पाखी, तकिया दिनु भनी सोको लागि विभिन्न जग्गा एवं नगद समेत दानपत्र संकल्प गरी गुठी राखेको चर्चा चल्ने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ