arrow

ओयोगकै अध्यक्ष भन्छन्–स्थानीय तहको संख्या बढी भो

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
Reconstruction_commission3139.jpeg

रुकुम । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी भएको बताएका छन् । स्थानीय तहको पुनःसंरचनाको अवस्थाका बारेमा सोमबार भएको छलफलमा अध्यक्ष पौडेलले बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको बताए ।

अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा इतिहासले पुष्टि गर्ने उल्लेख गर्दै स्थानीय तह कार्यान्वयन नगर्ने भित्री मनसायका कारण केही राजनीतिक नेताले अहिले पनि सङ्ख्या बढाउनुपर्ने भनिरहेका छन् भने ।

नयाँ संविधानले दिएको परिकल्पनाअनुसार स्थानीय तहको सङ्ख्या बढी बनाउनु भनेको सिंहदरबारको अधिकारलाई धेरै ठाउँमा विभाजन गर्नु नै हो, उनले भने, ‘संविधानले स्थानीय तहमा दिएको अधिकार कार्यान्वयन हुन नदिनका लागि केहि दल र त्यसका नेताले यसको सङ्ख्या बढाउने खेलमा लागेको छ ।’ अध्यक्ष पौडेलले छोटो समयमा धेरै काम गर्नुपरेका कारण सबै कुरा भनेजस्तोगरी मिलाउन नसकिएको स्पष्ट पारे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ