arrow

रामकुमार आचार्यको पुस्तक ‘ध्यान विज्ञान’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
ramkumar-acharya-book-dhyan.jpg

काठमाडौँ । रामकुमार आचार्यको पुस्तक ‘ध्यान विज्ञान’ सार्वजनिक भएको छ । विश्व ध्यान दिवसको अवसर पारेर काठमाडौँमा आइतबार एक कार्यक्रमको आयोजना गरी आचार्यको पुस्तक ध्यान विज्ञान सार्वजनिक भएको हो । 

सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बुद्ध प्रकाश फाउन्डेसनका अध्यक्ष खेन्पो पेमा वोसेर लगायतले संयुक्तरूपमा पुस्तक विमोचन गरे । 

सभामुख घिमिरे र पूर्व प्रधानमन्त्री नेपालले पुस्तकमा ध्यानका कुराहरू गहन तरिकाले समेटिएकाले पाठकलाई पठनीय भएको बताए । 

त्यस्तै अग्रज पत्रकार तीर्थ कोइरालाले ध्यानका विषयमा साना साना कुरासमेत समेटेर पुस्तकलाई ओजिलो बनाइएको उल्लेख गरे । 

टीएन घिमिरेले भाषा सम्पादन गरेको उक्त पुस्तक विश्रान्ति, शान्ति र नैतिक उत्थानका लागि भनेर लेखिएको लेखक आचार्यले बताएका छन् । 

आचार्यले यसअघि ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तक लेखेका थिए । 

कार्यक्रममा ध्यानबारे चर्चा गर्दै खेन्पोले ध्यान अभ्यास पनि गराएका थिए । 

पुस्तकबारे समीक्षा गर्दै कोइरालाले भने, 'तीनसय पृष्ठको यस पुस्तकमा ध्यानका अनेक आयामबारे ज्ञान समेटिएको छ। ध्यानका वैज्ञानिक पक्षहरु केलाइएको छ। त्यसैले यो पुस्तकलाई लेखकले 'ध्यान विज्ञान' मात्र नाम दिएपनि ध्यानका बारेमा लेखिएको ज्ञान र विज्ञानको सार संक्षेपको गहकिलो कृति हो।'

उनले थपेका छन्, 'यो पुस्तकले ध्यानका बारेमा जानकारी लिन चाहनेका लागि समग्र ज्ञान दिनेछ। साथै कतै कुनै ध्यान केन्द्रमा हाजिर नभई व्यक्तिगत रुपमा ध्यान गर्न चाहनेका लागि पनि यसले सहयोग गर्छ भने ध्यानका प्रशिक्षकका लागि सबैभन्दा उपयुक्त पाठ्य सामग्री हो भन्न सकिन्छ। यस अर्थमा यो पुस्तक ध्यानको विषय अध्यापन गराउने विद्यालय वा महाविद्यालय भए पाठ्यक्रमका लागि गतिलो सामग्री बन्न सक्छ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ